डोटी । दिपायल सिलगढी नगरपालिका-३ माटेओडारस्थित पशु देवी साउँदको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।