काठमाडौं । एनपिएलको फाइनल खेल आज केही समयपछि सुरु हुँदैछ। खेल हेर्नका लागि टियू मैदानमा बिहानैदेखि दर्शकको भीड लाग्न थालेको छ।
टिकट अनलाइन काटेकाहरुलाई प्रहरीले स्क्यान गर्न खल्तीको काउन्टरमा पठाएर मैदान क्षेत्रमा प्रवेश दिइरहेको छ।
मैदान वरिपरि क्रिकेट फ्यानहरुको ठूलो हुल छ। टिकट अगाडि नै बिक्री भइसकेका कारण टिकट किन्न नपाएकाहरू निराश बनेका छन्।
केही मानिसहरू अझै टिकट किन्न पाइन्छ कि आशमा रहेका छन्।