मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महिलाको आत्मबल कमजोर कि परिवेश नै कमजोर ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-जानकी पाण्डे,
२१औं शताब्दीमा पनि हामी अझै महिलाको हकअधिकारको विषयमा छलफलमा छौं । यसको कारण हो, अझै पनि महिलाका सम्बन्धमा हाम्रो सामाजिक मनोविज्ञान संकुचित छ । महिलालाई शिक्षा, स्वास्थ्यदेखि, स्वतन्त्रताका विषयमा अझै हामीले धेरै काम गर्नुपर्ने देखिन्छ । त्यसका लागि सबैभन्दा पहिले त महिलाको आत्मबल बढाउन आवश्यक छ । महिलाको आत्मबल कमजोर हो कि परिवेश नै कमजोर हो त ? यसमा चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको यस्तो भनाइ छ, ‘प्रकृतिको संरचनाले सबैलाई समान हक–अधिकार दिएको हुन्छ, कसैले कसैलाई भेदभाव गर्नु भनेर प्रकृतिले इजाजत दिएको होइन यो त समाजले निर्धारण गरेको हो । अरूलाई आफ्नो मातहतमा राख्ने, दास बनाउने पछि मात्र निर्माण गरिएको विकृत रूप हो । भासिनले भनेझैं महिला र पुरुषको भेदभाव हाम्रो समाजमा नै गडेर बसेको छ । यसको सुरुवात बाल्यकालदेखि नै हुन्छ ।
अभिभावकले छोरा र छोरीका लागि गर्ने व्यवहार नै फरक हुन्छ । छोरालाई बलियो, खुला, जहाँ पनि जानसक्ने, जुनसुकै काम गर्न सक्ने, राति खुला रुपमा हिँड्न सक्ने, जिम्मेवारी लिने रुपमा हुर्काइएको हुन्छ । जब कि छोरीलाई घरको कामकाजमा सीमित राख्ने, बाहिर निस्कन नदिने, कमजोर, कोमल र पुरुषमा भर पर्ने रुपमा हुर्काएको पाइन्छ । यसले पनि महिला र पुरुषमा बाल्यकालदेखि सोचमा नै फरकपन पाइन्छ, जसको असर पछिसम्म रहन्छ । जब कि समाजको विकासका लागि महिला र पुरुष दुवैको भूमिका र महत्व हुन्छ । तर यस बारेमा सिकाउन, बुझाउन कहिल्यै आवश्यक सोचिएको देयखिँदैन । समाजले पुरुषलाई मर्दको नाम ट्याग दिनुको मतलब महिलामाथि शासन गर, महिला त प्रकृतिले नै कमजोर बनाएको हुन्छ उसले सक्दिन जति सक्छौ उपभोग गर भनी सिकाइरह्यो अझै सिकाउँदै छ । महिलालाई शृंगार र घरको काममा अल्झाएर राख्ने नियम स्थापित गरियो जुन आजसम्म समाजमा राम्रोसँग स्थापित भएको छ । श्रीमान्, पुरुष, बुबा, भाइ नै किन नहोस् यी पात्र नभए जीवन नै नहुने धारमा महिलालाई उभ्याइएको छ । भासिनकै शब्दमा भन्ने हो भने पूँजीवादी बजारमा उत्पादन भएका कस्मेटिक सामग्रीले महिलाको शरीरमा राज गरे र महिलाका इच्छा, चाहना र क्षमतालाई शरीरबाट बाहिर फालिदिए । पुरुष भनेको दिमाग हो र महिला भनेको शरीर मात्र भन्ने सोचलाई कस्मेटिक सामग्रीको प्रयोग अनिवार्य गराइएको छ ।
एउटी महिला कपाल काट्छे, शृंगारमा रुचि राख्दिन, उसलाई उन्मुक्त हाँसो हाँस्ने बानी छ र उसले आफू जस्तो छे, जस्तो चाहन्छे उस्तै व्यवहार जीवनमा लागू गरी भने चरित्रहीन या तेस्रो लिङ्गी भनेर महिलाबाट समेत बर्खास्त गरिदिन्छ यही समाजले । के महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् त भन्ने प्रश्नमा कुनै पनि कारणबाट महिला पुरुषभन्दा कमजोर छैनन् भन्ने तर्क र केही खासखास कारणले महिला कमजोर छन् भनेर सामान्यीकरण गर्नु नै अनुचित देखिन्छ । किनभने कोही पुरुष अर्को पुरुषभन्दा सक्षम हुन सक्छ तर त्यही पुरुष कुनै महिलाभन्दा कमजोर पनि हुन सक्छ । त्यसैगरी, कुनै महिला अर्को महिलाभन्दा कमजोर तर अर्को पुरुषभन्दा सक्षम हुन पनि सक्छ । पुरुष र महिलाका विशिष्टतालाई दाँजेर गरिने यस्ता बहसले सही निस्कर्ष आउँदैन । नेपालकै सन्दर्भमा, इतिहासको कालखण्डलाई हेर्ने हो भने हरेक क्षेत्रमा नेपाली महिलाको योेगदान निकै छ ।
हाम्रो इतिहास हेर्दा नालापानीको युद्धमा होस्, योगमाया न्यौपानेले नेतृत्व गरेको जल समाधि विद्रोहमा होस् वा विराटनगर जुटमिल काण्डमा होस्, महिलाहरुले सधैं सशक्त नेतृत्व प्रदान गरेका छन् । यसले प्रष्ट पार्छ, विश्वका धेरै मुलुकमा महिलाहरु राजनीतिमा आई नेतृत्व गर्ने भनेर चर्चा मात्रै हुँदै गर्दा नेपालमा भने महिलाहरु राजनीतिक मैदानमै थिए । तर पनि महिलाको वास्तविक जीवन जस्ताको तस्तै छ । नेपालमा महिलाहरूमाथि सामाजिक, धार्मिक, सांस्कृतिक विकृति, विसंगतिहरूको थाती नै छ । यसको न्यायिक निराकरणको प्रयास न्यून मात्रामा भएको देखिन्छ । यो भन्नुको कारण फेरि सबै कुरा गलत देखाउनका लागि होइन, भएका प्रयासमा इमान्दारिताको अभाव खड्किएको छ । त्यसैले पनि हाम्रो समाज, परिवारले नै महिलाको आत्मबल कमजोर पार्न सकिन्छ । परिवेश नै त्यस्तो निर्माण गर्न खोजिएको छ ।
यसलाई हटाउन राज्यले विशेष ध्यान दिन आवश्यक छ । नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । तर, २१औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । तर, त्यसको कार्यान्वयनमा भने सरकार नै उदासीन जस्तो देखिएको छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसलाई नेपाल सरकारले पनि मनन गर्न आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विनिमयदर निर्धारण

१ मिनेट अगाडि
आगलागी नियन्त्रण अभ्यास

आगलागी नियन्त्रण अभ्यास

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक