आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनपीएलको फाइनलमा उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
एनपीएलको फाइनलमा  उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । तर, विपिन शर्माले उनलाई आउट गर्दा खेल रोमाञ्चक बन्न पुगेको थियो ।

जनकपुरले सुरुवात नै राम्रो गर्न सकेन । जनकपुरले पावर प्लेमा १६ रन बनाउँदा नै ओपनरद्वयसहित ३ विकेट गुमाएको थियो । ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिए । तर, जब जिमी क्रिजमा आए, खेल जनकपुरकै पक्षमा फर्काउन सफल रहे ।

बलिङमा कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलकाे तयारी पूरा

११ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक