काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ। जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गर्न सफल भएकाे हो। यस अघि जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ५८ रन बनाए। ५५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि सैफ अलि जैवसँग ५६, दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलेनसँग ५९ र तेस्रो विकेटका लागि अविजित २६ रनको साझेदारी गरेका थिए ।
सैफ २१ बलमा ३२ रनमा आउट भए। ब्रान्डन १९ बलमा २५ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २० रनमा अविजित रहे। बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए। त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए।
किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे। बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन्। पराजित भएको जनकपुरले फाइलन प्रवेशका लागि कर्णाली याक्ससँग खेल्न बाँकी रहेकाे छ ।