शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओस्कारमा नेपाली चलचित्र ‘शाम्बाला’ छनोट भएन

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
ओस्कारमा  नेपाली चलचित्र ‘शाम्बाला’ छनोट भएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्कारमा यसपटक पनि नेपाली चलचित्र  छनोट हुन असफल भएको छ।

९७औं ओस्कार अवार्डका लागि मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो।  बुधबार ओस्कार आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको १५ फिल्मको सर्टलिस्टमा ‘शाम्बाला’ पर्न सकेन।

यो चलचित्रले अष्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र , निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ। यसैले ‘शाम्बाला’ ओस्कारको सर्टलिस्टमा पर्न सक्ने अपेक्षा गरिएको थियो। तर, यसपटकको ओस्कार पनि नेपालका लागि विर्सनलायक बनेको छ। ‘क्याराभान’बाहेक अहिलेसम्म कुनै नेपाली चलचित्र  ओस्कारको सर्टलिस्टमा पर्न सकेका छैनन्।

त्यसो त यसपाली ओस्कार एसियाकै लागि निराशाजनक बन्न पुगेको छ। १५ चलचित्रकाे सर्टलिस्टमा एसियाबाट थाइल्यान्डको ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ मात्र अटाएको छ। भारतबाट सिफारिस भएको ‘लापता लेडिज’ पनि ओस्कारमा छनोट हुन सकेन। सन् २०२३ मा भारतीय चलचित्र  ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले ओस्कार जितेको थियो।

ओस्कारमा छनोट १५ वटा फिल्ममा थाइल्यान्डको फिल्मसहित ब्राजिलको ‘आइएम स्टिल हेयर’, क्यानडाको ‘युनिभर्सल ल्यांग्वेज’, चेक रिपब्लिकको ‘वेभ्स’, डेनमार्कको ‘द गर्ल विथ द निडल’, फ्रान्सको ‘इमिलिया पेरेज’, जर्मनीको ‘द सिड अफ द सेक्रेड फिग’, आइसल्यान्डको ‘टच’, आयरल्याण्डको ‘निक्याप’, इटालीको ‘वर्मिग्लियो’, लात्भियाको ‘फ्लो’, नर्वेबाट ‘आर्मन्ड’, प्यालेस्टाइनको ‘फ्रम ग्राउन्ड जिरो’, सेनेगलको ‘दाहोमे’ र बेलायतको ‘सन्तोष’ छन्। अब यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा हुनेछ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

२३ घण्टा अगाडि
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक