ललितपुर । यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा पाटन हाईस्कुल, पाटन ढोकामा याेमरी पुर्णिमाकाे अवसरमा २०८१ पौष ५ गते त्यः छिं त्यः कार्यक्रम प्रेस बिज्ञप्ती मार्फत जनाइएकाे छ ।
यल नेपालभाषा सहर्जकता पुचःका अध्यक्ष पवित्र महर्जनको संयोजकत्वमा हुन लागेको कार्यक्रम बारेमा शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम गर्न लागेको जनाउँदै प्रत्येक तीन महिनाका विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएकाे छ ।
प्रेस बिज्ञप्तीमा नेपालको संविधान व्यवस्था अनुसार स्थानीय मातृभाषाबाट अनिवार्य शिक्षा लिने र विद्यालयमा पढाउन सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार ललितपुर महानगरपालिका अन्तर्गत सञ्चालल भइरहेको सामुदायिक विद्यालयमा नेपालभाषा सहजकर्ता सहशिक्षकका पदमा ४० जना शिक्षक आधिकारिक रूपले शिक्षा महाशाखाबाट नियुत्ति भयो । अधिकांश विद्यालयमा गैरनेवार विद्यार्थी रहेकाले शिक्षकका लागि चुनौती बिषय बनेको छ । समय समयमा आउने समस्यालाई छलफल गर्न र बालबालिकालाई राम्रोसँग अध्यापन गराउनका लागि ४० वटा विद्यालयहरूका नेपालभाषा शिक्षकहरू मिलेर नेपालभाषा स्यनामिको मंका पुचः गठन गरिएको जनाइएकाे छ ।
स्थानीय पाठ्यक्रम अनुसार भाषाका साथ-साथै स्थानीय संस्कृति, रीतिरिवाज, परम्परा, गर गहना, लुगा, भाडाकुँदा, काम गर्ने साम्रगी, खानपिन, चाडपर्व लगायतका विषयमा समय-समयमा विभिन्न तरिकाले सिकाउँदै आएका छौं । हामी सबै भाषा प्रेमी र संस्कृति प्रेमी हौं हामी भाषा मात्र होइन परम्परा र संस्कृति पनि सिक्ने र बुझिरहेका छौं। हाम्रो पहिचान हाम्रो मातृभाषा र संस्कृति हो । यसलाई जिवित तुल्याउन सकेको खण्डमा मात्रै हामी पनि जीबित रहन्छौं । हामी सँगसँगैं हाम्रो नेपाल दश पनि विश्वभर शिर ठ्ड्याइएर रहन सक्छौं भन्ने हामीहरूको धारणा रहेको छ । भाषालाई सामुदायिक विद्यालयमा मात्र सीमित नराखी टोल—टोलमा पनि पुर्याउने हाम्रो उद्वेश्य रहेको छ । विद्यालयमा सीमित कक्षालाई मात्र नेपालभाषा सिमित नराखी भावी योजना बनाई अघि बढ्ने हाम्रो सपना सपना हो । हाम्रो लक्ष्य बालकदेखि प्रौढ अवस्थासम्म नेपालभाषाबाट बोल्ने लगाउनु हाम्रो उद्वेश्य रहेको छ । कुनै पनि ठाउँको भाषा र संस्कारको सम्बन्ध नंग र मासुको जस्तै रहेको हुन्छ । भाषा बाँचे संस्कार जीबित रहन्छ संस्कार बाँचे भाषा बाँच्छ, संस्कारबाट संस्कृति रहेको हुन्छ । हामी नेवारहरूको संस्कृति र संस्कारमा धनी, प्रत्येक महिना, हप्ता- हप्तामा चाडपर्व मनाउने गरिन्छ । आफ्नै जमिनबाट विभिन्न बाली उब्जाउ गरी, प्रत्येक चाडपर्वमा आफ्नै मौलिक मूल्य मान्यता रहेको वैज्ञानिक रूपले नै समय अनुसार विभिन्न प्रकारका स्वस्थ्यकर खाना बनाई देवतालाई चढाएर समाजमा बाढेर खाने चलन रहेको छ । यही ज्ञान विद्यार्थीहरूलाई पनि सिकाउन सकेको खण्डमा उनीहरूले पनि भाषाका साथ साथै संस्कृतिलाई पनि माया गरि चाडै सिक्न सकोस् भन्ने हाम्रो उद्वेश्य हो ।
यो उद्देश्य पूरा गर्नका लागि योमरी पुर्णिमाको अवसरमार हाम्रो संस्थाले त्यः छिं त्यः ज्याझ्वः कार्यक्रम आयोजना गर्न लागेका छौं । त्यःछिं त्यः ज्याझ्वः शिक्षक, विध्यार्थीको संयुक्त आयोजना हुन लागेको छ । नगरप्रमुखको अभिभावकत्वमा स्थानीय जनप्रतिनिधि, समाजसेवी नेताहरू, विद्यार्थी बालबालिकाहरू सम्पूर्ण एकै ठाउँमा भेला भई पारस्परिक सम्बन्ध स्थापना गरि समृद्व समाज निर्माण हाम्रो प्रयासका साथै पाठ्यक्रमानुसार पठनपाठन गराउनु पर्ने योमरि पुर्णिमा र त्यः छिं त्यः गीतलाई कार्यक्रममार्फत राम्ररी बुझ्ने अवसर मिल्ने जनाइएकाे छ ।