काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको हो ।
सुदूरका लागि आरिफ शेखले अविजित ४२ रन बनाए । ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे ।
बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।