एनपिएलमा आज दुई खेल हुँदै

2.2k
SHARES
27k
VIEWS

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणमा अन्तिम ‘डबल हेडर’ अर्थात् दिनको दुई खेलहरुमा काठमान्डु गुर्खाज र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै छन्।

प्रतियोगितामा पोखरा र विराटनगर आफ्नो अन्तिम खेल अगावै बाहिरिसकेकाले आजका लागि काठमान्डु र सुदूरपश्चिमका लागि यो खेल निर्णायक र महत्त्वपूर्ण हुनेछ।

सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले लिग चरणमा आफ्नो अन्तिम खेल खेल्दै छन् । विराटनगर र पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिसकेकाले उनीहरुका लागि यो खेल औपचारिक मात्र रहने छ। तर अन्य दुई टिमका लागि भने उतिकै महत्त्वपूर्ण छ।

आजको पहिलो खेलमा बिहान ९ बजे काठमान्डु गुर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। काठमान्डु गुर्खाजका लागि प्लेअफ होड कायम राख्न आजको खेल फराकिलो अन्तरसहित जित्नु पर्ने चुनौती रहेको छ।

६ खेलबाट ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको काठमान्डुले प्लेअफ पुग्न आफ्नो अन्तिम खेलमा फराकिलो जितसहित अन्य टिमको समेत अंक गणित मिल्नुपर्ने आवश्यक्ता छ। प्लेअफ होडमा रहेका चार टिममध्ये सबैभन्दा कठिन अवस्थामा छ काठमान्डु गुर्खाज। त्यसैले आज काठमान्डु फराकिलो जित एकमात्र विकल्प हो।

काठमान्डुको शीर्ष चारमा रहेर प्लेअफ पुग्नका लागि सबैभन्दा बलियो सम्भावना विराटनगरलाई ठूलो अन्तरमा हराउने र कर्णाली पनि अन्तिम खेलमा सुदूरपश्चिमसँग ठूलो अन्तरले हारेमा मात्र पुग्ने झिनो आशा छ। तर यो सबैको पहिलो लक्ष्य विराटनगर हो। त्यसैले काठमान्डुको भविष्य एक हदले विराटनगरको हातमा रहेको मान्न सकिन्छ।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist