आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ भने १२ सय जनाको मृत्यु भएको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले जनाएको छ।
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,’अफ्रिकी महाद्वीपमा वर्षको सुरुदेखि ६५ हजार ७११ एमपीक्सका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएका छन् र एक हजार २३७ भन्दा बढीको मृत्यु भएको छ।’
अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्क अनुसार गत हप्ता मात्रै, अफ्रिकामा तीन हजार ५४५ नयाँ घटनाहरू रिपोर्ट गरेको छ।
कासियाले अफ्रिकी महाद्वीपमा चलिरहेको एमपक्स प्रकोपका कारण मानिसहरू अझै मरिरहेका छन्। यसले हालसम्म २० देशहरूलाई प्रभावित पारेको छ।
एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा भेटिएको थियो। यो एक दुर्लभ भाइरल रोग हो। सिन्ह्वा