काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको जनाएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।
‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’
आफूले गर्न पाए हुन्थ्यो भन्नू स्वायत्तता नभएको उनले जनाए। डिनको नाम निकाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । विश्वविद्यालय राम्रो होस् भन्नेमा कुलपतिले ध्यान दिने उनले जनाए। आगामी ७ पुसभित्र डिन नियुक्ति गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । यहि ‘७ पुसमा बस्ने अनौपचारिक सभामा नयाँ डिन लिएर आउनू,’ प्रधानमन्त्री ओलीले भने ।