काठमाडाैं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन ।
आज चाँदीको भाउ हिजो जस्तै तोलामा एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।