काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-७ खरीपाटीस्थित नेपाली सैनिक श्री विद्युत तथा यान्त्रीक शिक्षालय परिसर भित्र रहेको हिमालयन पशुपती शिवजी जेबि कन्सट्रक्सनको भान्सा कोठामा आइतबार बेलुकी आगलागी हुँदा भाँडावर्तन, फर्निचर, खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
झापा, मेचिनगर नगरपालिका-१४ प्रणामी नगर टोलस्थित मझारे सरिफको सभाहल (मदरसा) मा गए राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
हुम्ला, सिमकोट गाउँपालिका-८ याङ्गु बस्ने ३७ वर्षीय धनरासि सिंहको घरमा आइतबार दिउँसो आगलागी हुँदा अन्नपात लत्ताकपडा पूर्णरूपमा र घर आंसिक रूपमा जलेर क्षति भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।