काठमाडौं । चितवन, रत्ननगगर नगरपालिका-१० भानुचोकस्थित सडकमा बीआर ०६ जीसी १३१९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ शिवालयटोल बस्ने २७ वर्षीया बिन्दा भुजेलको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकस्थित सडकमा लु.२ ख ५२८१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिलाको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखा, भिमेश्वर नगरपालिका-५ अनाथालयस्थित सडकमा लु.४ त ४१२६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक वैतेश्वर गाउँपालिका-४ घर भई भिमेश्वर नगरपालिका-३ चरिघ्याङ बस्ने १४ वर्षीय युबराज बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ एयरपोर्ट राडरस्थित सडकमा बा.३१ प २५३७ नम्बरको मोटरसाइकल बीएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।