सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सात पत्रकार संगठनहरू एकै ठाउँमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पत्रकार महासंघद्वारा निर्वाचन मतदाता नामावली प्रकाशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल पत्रकार महासंघको यही २०८१ मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील श्रमजीवी पत्रकारहरूको नयाँ साझा मोर्चा सक्रिय भएको छ । महासंघको राजनीतिमा निर्णायक भूमिका खेल्ने विश्वास गरिएको यो मोर्चा श्रमजीवी, स्वरोजगारमूलक र समावेशी पत्रकारहरूको अधिकारका लागि नयाँ आशाका रूपमा देखा परेको छ ।

यो मोर्चाले नेपाल पत्रकार महासंघको उम्मेदवारी घोषणा गर्ने अघिल्लो दिन जारी गरेको संयुक्त वक्तव्यले महासंघको आगामी निर्वाचनमा नयाँ तरंग ल्याएको छ । साझा मोर्चाले महासंघको निर्वाचन र समग्र सञ्चार क्षेत्रका मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्दै तीनवटा प्रमुख बुँदाहरू प्रस्तुत गरेको छ ।

महासंघको निर्वाचन तोकिएको मितिमा र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनुपर्छ । सदस्यता विवादका कारण केही जिल्ला शाखामा देखिएका समस्याहरू तत्काल समाधान गर्न महासंघको ध्यानाकर्षण गराइएको छ ।

महासंघको साझा र समावेशी चरित्र संकटमा परेकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई जोगाउन साझा मोर्चाले प्रतिबद्धता जनाएको छ । विगतमा श्रमजीवी पत्रकारका मुद्दाहरू केवल चुनावी नारामा सीमित भएकाले यसपटक यस्ता मुद्दाहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

महासंघको निर्वाचनमा सबै तीन तहका पदमा उम्मेदवारी दिने निर्णय गरे पनि नेतृत्व सहमति र संवादको माध्यमबाट चयन गर्न योगेन्द्रप्रताप शाहीको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ । संयुक्त वक्तव्य जारी गर्ने घटकहरूमा जन्मदेव जैसी, अध्यक्ष, श्रमजीवी पत्रकार संघ, नेपाल, बिदुर प्रसाद ढुंगेल, अध्यक्ष, प्रेस नेपाल, गोपाल पौड्याल, अध्यक्ष, मिडिया नेपाल, कुमारप्रसाद ओझा, अध्यक्ष, लोकतान्त्रिक पत्रकार मञ्च, प्रविणकुमार चौधरी, अध्यक्ष, कायस्थ पत्रकार समाज, हेमशंकर सिंह, अध्यक्ष, प्रगतिशील पत्रकार मञ्च, देवीप्रसाद सापकोटा, सञ्चार क्षेत्र सुधार अभियन्ता छन् ।

साझा मोर्चाका संयोजक रहेका योगेन्द्र शाहीका अनुसार, महासंघको गरिमा, श्रमजीवी पत्रकारहरूको हकअधिकार र समावेशीताका मुद्दाहरूलाई प्रतिनिधित्व गर्न सबै पक्षलाई निष्पक्ष र पारदर्शी रूपमा भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

मोर्चाले महासंघलाई श्रमजीवी पत्रकारहरूको साझा मञ्चका रूपमा स्थापित गर्न र यसको विश्वास बढाउन प्रतिबद्धता व्यक्त गरेको छ । महासंघको निर्वाचनले श्रमजीवी पत्रकारहरूको अधिकारका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ ।

अबको निर्वाचनले महासंघको आगामी भविष्य र पत्रकारिताको मूल चरित्रलाई स्पष्ट बनाउनेछ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

११ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक