शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल र चीन प्राचीन ज्ञानका भूमि

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
जसपा नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको जनाउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।

“विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उहाँले भन्नुभयो, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।”

प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गर्नुभयो । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्र्दै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको जनाउनुभयो ।

उहाँले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताउनुभयो । उहाँले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको जनाउनुभयो ।

“हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ । हामीले अन्धकारपूर्ण चरण पनि देखेका छौँ । मानिसलाई अभाव र अत्याचारको सिकार हुँदै देखेका छौँ”, उहाँले भन्नुभयो, “यसको बाबजुद पनि आशा र ज्ञानका किरण र नवप्रवर्तनको प्रकाश हाम्रो क्षेत्रमा कहिल्यै मेटिएको थिएन । आजको एसियाको उत्थान र पुनरुत्थान यस सभ्यतागत आधारमा आधारित छ ।”

आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरुमा पनि आजका दिनमा पनि मानिसहरु लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था रहेको उहाँको भनाइ थियो ।

“लोकतन्त्र केवल एक राजनीतिक संरचना मात्रै होइन, एक सामाजिक प्रणाली पनि हो”, उहाँले भन्नुभयो, “यस्तो प्रणाली जसले प्रत्येक व्यक्तिको सम्मानको रक्षा गर्छ, असीम सम्भावनाको भावना प्रेरित गर्छ र सबैका लागि सुरक्षा र सुरक्षाको वातावरण प्रवद्र्धन गर्छ ।”

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गर्नुभयो । संसारका थुप्रै राजनीतिक सङ्घर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको उहाँको भनाइ थियो ।

माक्र्सवादको दर्शनबाट प्रेरित र जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले जनताको बहुदलीय लोकतन्त्रको सिद्धान्तको विकास गरेको उहाँले जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक–आर्थिक विकासका आधार भएको आफूले पाएको बताउनुभयो । उहाँले नेपालको संविधान समाजवाद उन्मुख रहेको जानकारी गराउँदै हाम्रो आवश्यकता र आकाङ्क्षासँग मेल खाने समाजवादको मोडेलको मजबुत आधार स्थापनाका लागि आफूहरु अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

“समाजवादलाई हाम्रो राष्ट्रिय आकाङ्क्षामा समेट्न ‘समृद्ध नेपाल, खुसी नेपाली’को नाराका साथ हामी आर्थिक समानता र सामाजिक भलाइमा समर्पित छौँ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गर्नका लागि ‘कसैलाई पनि पछाडि नछोड्ने’ उद्देश्यका साथ आफूरु अगाडि बढेको जनाउनुभयो ।

नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीच सुमधुर सहअस्तित्व र दीर्घकालीन मित्रताको लामो इतिहास रहेको बताउनुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै यसलाई सबै राजनीतिक दलहरूले समर्थन गरेको पनि जनाउनुभयो ।

“राष्ट्रपति सी चिनफिङको दूरदर्शी पहलहरु जस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)लाई साझा समृद्धि र ‘विन–विन’ सहकार्यको भावनाको प्रशंसा गछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले पनि प्रेरणा लिन सक्ने उहाँको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

१६ घण्टा अगाडि
अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक