काठमाडौं । पाँचथर, फालेलुङ गाउँपालिका-५ स्थित खेदोकखोला र मुवाखोलाको सिमाना दोभानमा उदयपुर त्रियुगा नगरपालिका-१२ गाईघाट घर भएका ३२ वर्षीय विबेक भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मुस्ताङ, थासाङ गाउँपालिका-४ झिप्रा देउराली बस्ने ५० वर्षीय आई बहादुर दमाइ सोही गाउँपालिका-३ लेतेखोला किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।