बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकता महाधिवेशनमै मत बिभाजन भएपछि …

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिसो मौसमको सुरुवातसँगै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा सुरु भएको छ । बिहीबार भूगोल पार्कमा महाधिवेशन उद्घाटन गरेको थियो । शुक्रबारदेखि सुरु भएको बन्दसत्रमा वैद्यले पेस गरेको राजनीतिक दस्ताबेज र राम सिंहले पेस गरेको साङ्गठनिक प्रतिवेदनमाथि गरमागरम बहस प्रारम्भ भएको छ ।

देशभरबाट करिब साढे पाँच सय प्रतिनिधि सहभागी भएको बन्दसत्रमा वैद्यले पेस गरेको मूल राजनीतिक प्रस्तावसहित १५ वटा फरक प्रस्ताव पेस हुने एक सहभागी नेताले बताए । ती नेताका अनुसार मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट एकता प्रक्रियामा आएका सन्तबहादुर नेपालीले जनयुद्ध, संघीयता, समावेशी लगायत विषयमा असहमति जनाउँदै फरक प्रस्ताव पेस गर्ने भएका छन् ।

ती दुई प्रस्तावबाहेक १५ वटा लेख र १५ वटा फरक प्रस्ताव पेस हुने ती नेताले बताए । साथै खण्डन प्रस्तावसहित बन्दसत्रमा ४३ वटा प्रस्ताव पेस हुन सक्ने बताइएको छ । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा वैद्यले मार्क्सवादी शास्त्रीय सिद्धान्तको व्याख्या, नेता सीपी गजुरेलले पेस गरेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रामसिंहले पेस गरेको सङ्गठनात्मक प्रतिवेदन, नेता नेपालीले पेस गरेको पर्यावरणीय प्रतिवेदनबारे बहस प्रारम्भ भएको छ । निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

शुक्रबार र शनिबार वैद्यले पेस गरेको संघर्ष, रूपान्तरण र एकतासम्बन्धी दस्ताबेजमाथि बहस हुने अर्का एक नेताले बताए । ती नेताका अनुसार जनयुद्धको सम्बन्धमा नेपालीको फरक मत रहेको छैन । तर वैद्यको प्रस्तावमाथि नेपालीले असहमति जनाएका छन् । उनले जनयुद्ध, संघीयता, समावेशीबारे फरक प्रस्ताव रहेको बताइएको छ ।

‘जनयुद्धमा भएका कमिमजोरीबारे समीक्षा गर्नुपर्छ भन्नेमा उहाँहरू(मसालबाट आएका) को फरक मत रहेको छ । माओवाद र विचारधारामा पनि फरक मत छन् । उहाँहरू विचारधारा राख्नुपर्छ भन्नेमा हुनुहुन्छ । माओवाद सार्वभौम छन् । विश्वव्यापी सत्य हो । माओले जुन योगदान गर्नुभएको छ, त्यो सार्वभौम योगदान हुन् । सार्वभौम योगदान भनेपछि माओवाद भन्दा पनि आपत्ति भएन । तर उहाँहरूलाई के असर गरेको छ भन्दा मोहनविक्रमको जुन स्कुलिङ हो त्यसले डर पैदा भएको छ,’ ती नेताले भने ।

यद्यपि, अल्पमत र बहुमतको हिसाबले त्यति धेरै वैचारिक मतभेद नभएको ती नेताले भने–‘अल्पमत र  बहुमतका हिसाबले प्रस्ताव आएका छैनन् । सङ्गठनात्मक प्रतिवेदनमा फरक केही आएको छैन ।  त्यसबाहेक पनि विभिन्न टुक्राटाक्रि खण्डन आएका छन् । सीपी र हेमन्तप्रकाश वलीले मूल प्रस्तावलाई नै समर्थन गरेका छन् । मसालबाट मात्रै फरक प्रस्ताव आएको छ । त्यसलाई खण्डन गर्ने विषयमा अन्य प्रस्ताव आएका हुन् । १३ वटा लेख र १५ वटा दस्ताबेज रहेका छन् । यी प्रस्तावमाथि व्यापक छलफल हुन्छन् ।’

मसाल समूहले जनयुद्धको समीक्षा मूल प्रश्न उठाउनुको साथै माओवाद वा विचारधारा, संघीयता र जातीय पहिचानको विषयमा असहमति जनाएका छन् । मसाल समूहको जनयुद्ध राख्ने विषयमा असहमति नभए पनि कमी कमजोरीबारे विश्लेषण गर्नुपर्ने अडान लिएका छन् । यस्तै संस्थापन पक्ष माओवाद पार्टीको कार्यदिशा बनाउनुपर्नेमा अडान लिएका छन् । मसाल समूह माओ विचारधारा राख्नुपर्ने पक्षमा रहेका छन् ।

अहिले क्रान्तिकारी कम्युनिस्टमा आयोजक समिति २१४ जना, निर्वाचन भएर आएका प्रतिनिधि २७४ जना, केन्द्रीय कार्यालयबाट मनोनीत २५ जना र पर्यवेक्षक गरी २५ जना गरी ५३८ जना रहेका छन् ।

मूल दस्ताबेजमाथि छलफल गर्न प्रतिव्यक्ति ७ मिनेट समय दिइएको छ । अन्य प्रस्तावलाई ५/५ मिनेट समय दिइएको छ । व्यक्तिगत असन्तुष्टि व्यक्त गर्नका लागि १०/१० मिनेट छुट्याइएको छ ।

तर प्रचार विभाग प्रमुख समेत रहेका हुकम सिंहले वैद्यको राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि ठुलो विवाद नभएको दाबी गरेका छन् ।

 

‘महाधिवेशनमा जनवादी केन्द्रीयता अनुसार फरक फरक मत हुन सक्छन् । यद्यपि किरणको मूल प्रस्तावमाथि कसैको मतभेद छैन । साङ्गठनिक प्रस्तावमा पनि फरक मत छैन । केही प्रस्ताव आउन सक्छ । ती सबै प्रस्तावमाथि बन्दसत्रमा छलफल हुन्छ’, सिंहले रोतापाटीसँग भने ।

सिंहका अनुसार शनिबारसम्म दस्ताबेज पेस गर्ने समय छुट्याइएको छ । १६ र १७ गते समूह विभाजन हुने  उनले बताए । ती सबै दस्ताबेजबारे समूहगत छलफल भएपछि निष्कर्षलाई प्रस्तुत गर्ने र त्यसपछि निर्वाचन प्रक्रियामा जाने बताए । यो एकताको महाधिवेशन भएकाले सबैसम्म सहमतिमा नेतृत्व चयन हुने र सहमति नभए निर्वाचन प्रक्रियाबाट टुङ्ग्याइने सिंहले जानकारी दिए । गत वर्ष मे दिवसको दिन दुई पार्टीबिच एकता भएपछि महाधिवेशनमा हुन लागेको हो । त्यसअघि नेत्रविक्रम चन्द विप्लवबाट आएका नेकपा बहुमतसहित एकता महाधिवेशन हुने भनिए पनि यही साउनको पहिलो हप्ता धर्मेन्द्र बास्तोला समूह एकता प्रक्रियाबाट अलग भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

२ घण्टा अगाडि
रगत निःशुल्क हुनुपर्छ : महामन्त्री थापा

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक