काठमाडौं । सिराहा, नरहा गाउँपालिका-५ स्थित सडकमा प्र.२-०१-००२ प ७०५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ६५ वर्षीय हरी यादवको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको बर्तमान हस्पिटल गोलबजारमा उपचार भइरहेको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१३ स्थित सडकमा प्र.१-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे.४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका-१३ बस्ने ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको गोल्डेन अस्पताल बिराटनगर मोरङ तथा स्कुटरमा सवार १ जनाको बिराट टिचिङ अस्पताल बिराटनगर मोरङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।