काठमाडौं ।आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौंमा बयान लिने तयारी गरिएको छ ।
कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो । स्वर्णलक्ष्मीकै बचत अपचलनमा यसअघि छविलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो ।