आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आरएनपी एआर जडानको तयारी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
आरएनपी एआर जडानको तयारी

uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg e}/xjf, !& kmfu'gM ?kGb]xLsf] e}/xjf lgdf{0f ul/Psf] uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg . oflGqs k/LIf0f p8fg ;DkGg ePsf] of] ljdfg:yndf cfufdL h]7 @ ut]b]lv Jofj;flos p8fg ;'? x'Fb}5 . tl:a/M l;aL clwsf/L÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् । अहिले भइरहेको उडानलाई नियमित राख्न आठ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्ने गरी प्रविधिमा आधारित प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो ।”

आरएनपी एआर जडानका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना जारी गर्नुपर्ने भएकाले एक महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृति लिएर काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल भैरहवामा परम्परागत प्रविधि (भिओआर डिएमई) मा आधारित उडानका लागि १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । त्यहाँको उडानलाई सुरक्षित बनाउन जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालनमा समस्या देखिएपछि भू–उपग्रह (सेटेलाइट बेस नेभिगेसन) मा आधारित रहेर आरएनपी एआर जडान हुन लागेको उहाँको भनाइ छ ।

आरएनपी एआर भू–उपग्रहमा आधारित अवतरण प्रणाली रहेको र आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि भएकाले आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने उहाँले बताउनुभयो । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमानचालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रक्रिया पूरा गरेपछि आठ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्ने उहाँको भनाइ छ ।

प्राधिकरणले करिब एक अर्ब रुपियाँ खर्च गरेर जडान गरेको आइएलएसको ‘फ्रिक्वेन्सी’ भारतको एरोबेसमा परेपछि भारतले सञ्चालन गर्न अनुमति नदिएका कारण त्यसको विकल्पमा आरएनपी एआर प्रविधि जडान गर्न लागिएको हो । उक्त प्रविधि सञ्चालनमा आए बाक्लो हुस्सु र कुहिरो लागेको समयमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न सकिने प्राधिकरणको दाबी छ ।

हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित छ, जसको मद्दतले ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण भइरहेका छन् ।

यो पनि पढ्नुहोस्

चतुर्व्यूह नारायणधाम मन्दिरमा गरे पूर्व राजपरिवारले पूजाअर्चना

चतुर्व्यूह नारायणधाम मन्दिरमा गरे पूर्व राजपरिवारले पूजाअर्चना

६ मिनेट अगाडि
थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दियाे

थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दियाे

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक