काठमाडौं । सिराहा, लहान नगरपालिका-८ स्थित सप्तरी बिष्णुपुर गाउँपालिका-२ बस्ने मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । खोटाङ, खोटेहाङ गाउँपालिका-६ ईन्द्रेणीपोखरी बस्ने २६ वर्षीय भुमिराज राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापा, गौरीगंज गाउँपालिका-१ भन्सार चोक बस्ने ६५ वर्षीय नौलसिंह थापाको गोठमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा गोठ र गोठ भित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन र फर्निचर लगायतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, चक्रघट्टा गाउँपालिका-७ पटेर्वा बस्ने राजकिशोर रायको घरमा बिहीबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।