आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी भगौडा

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी भगौडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा रहेको खुलेको छ ।

घटनाको सात महिनापछि बुधबार पक्राउ परेका मुख्य आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहा सेनाका भगौडा रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार सुरेन्द्र नेपाली सेनाका भगौडा हुन् । २०६० सालमा नेपाली सेनामा भर्ना भएका सुरेन्द्र २०७० मा जागिर छाडेर भागेका थिए । त्यसपश्चात उनी गाउँघरमा उच्छृङ्खल तथा त्रसित बनाउने गतिविधिमा सक्रिय रहेको प्रहरीको धारणा छ ।

प्रहरीका अनुसार सुरेन्द्रले मिटरब्याजमा ऋण लगानी गर्ने गरेका थिए भने अर्काको ऋण पनि असुलि गरिदिने जिम्मा लिने गरेका थिए । त्यतिमात्र होइन उनले परपञ्चायत गराइदिने ठेक्का लिने, डराउने धम्काउने जस्ता गवितविधि गर्ने गरेको पृष्ठभूमि पाइएको छ । एक प्रहरी अधिकृतका अनुसार सुरन्द्र सोही क्रममा क्याम्पस प्रमुख कुशवाहासँगको जग्गा विवादमा सामेल थिए । र, हत्या गर्ने योजना बनाए । घटनापछि फरार भएका सुरेन्द्रलाई प्रहरीले मोरङबाट पक्राउ गरेर बारा ल्याएको हो ।

क्याम्पस प्रमुख कुशवाहाको २ जेठ २०८१ साँझ आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली हानी हत्या भएको थियो । प्रहरीका अनुसार मृत्युअघि पनि प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको खुलाएका थिए ।

सुरेन्द्र घटनापश्चात भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको खुलेको छ । अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो । पक्राउ परेका सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कसुरमा कारबाही भइरहेको डिएसपी सापकोटाले जानकारी गराए ।

यो पनि पढ्नुहोस्

प्रहरीकाे ‘अपरेसन फोस्टर डेल्टा’ : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे ‘अपरेसन फोस्टर डेल्टा’ : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

२ दिन अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक