काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एसबीएल एनपीएल)को ट्रफी आज सार्वजनिक हुने भएकाे छ।
बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ। पहिलो पटक नेपाल क्रिकेट संघ आफ्नै आयोजनामा क्रिकेट लिग हुन गइरहेको छ। यसको चर्चा अहिले विश्वभरका रहेका नेपाली क्रिकेट प्रेमीबीच छ।
मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ।