काठमाडाैं । नेपाल वायुसेवा निगमले २०८१-८-६ को प्रेस विज्ञप्ति मार्फत राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नवेची सो भन्दा तलको भाडादरमा मात्र विक्रि गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइएकाे छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा निगम पुनः अनुरोध गरेका छन् ।