काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख ६७ हजार रुपैयाँ नाघेको छ।
यसअघि तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।
यसअघि प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।