काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ नैकाप थापा गाउँ बस्ने प्रशान्त थापाको घरबाट नगद तथा सुनको विभिन्न गरगहना गरी करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भएकी ५३ वर्षीया ईश्वरी चौलागाईको कोठाबाट सुनको सिक्री १ थान र नगद समेत गरी करिब २ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका-४ गहिटी घर भएका ४४ वर्षीय हरी प्रसाद किजुको कोठाबाट नगद १ लाख 5 ५० हजार रूपैयाँ र सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।