काठमाडौं । नेकपा माओवादीका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।
पारकिन्सन रोगबाट लामो समयदेखि ग्रसित उनको शनिबार साँझ वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार आज ९ बजे राईको पार्थिव शरीर केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि राई मन्त्री बनेका थिए । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारको मन्त्री थिए ।