काठमाडौं । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपालको राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।