काठमाडौं । प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने जनाएका छन् ।
नेकपा एमाले काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने जनाए ।