ललितपुर । महालक्ष्मी नगरपालिका वडा ६ सानाे गाउँमा निःशुल्क आँखा, ब्लड सुगर जाँच तथा मोतिबिन्दुको शल्यक्रिया कार्यक्रम गरिने भएकाे छ ।
यहि मंसिर १४ गते शुक्रबार निःशुल्क आँखा, ब्लड सुगर जाँच तथा मोतिबिन्दुको शल्यक्रिया छनोट बिहान १०:३० देखि २: ०० बजे हुने कार्यक्रम रहेकाे छ ।
समाज उत्थान बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजनामा तथा अरनिकाे समाज नेपाल र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिककाे सहकार्यमा हुन लागेकाेले साे कार्यक्रममा सहभागी भइ स्वास्थ्य लाभ लिन आयाेजकले अनुराेध गरेका छन् ।
मित्रराष्ट्र चीन र अरनिको समाज नेपालको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक, बाहिरी गाउँ, कीर्तिपुरको प्राविधिक सहयोगमा निःशुल्क आँखा, ब्लड सुगर जाँच तथा मोतिबिन्दुको बिना इन्जेक्सन फेकाे प्रविधिबाट माेतिबिन्दु शल्यक्रियाकाे लागि छनाेट कार्यक्रम कीर्तिपुर नगरपालिकाे समेत सहकार्य रहेकाे छ ।
साे छनाेट भएका बिरामीहरूकाे मंसिर २९ गते शनिबार बिना इन्जेक्सन फेको प्रविधिबाट मोतिबिन्दु शल्यक्रियाका बिरामीकाे शल्य कृया गरिने आँखाविज्ञ राजेन्द्र महर्जनले जानकारी गराए ।