शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो ।

बोर्डले शुक्रवार जारी गरेको निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको शेयर निष्कासन गर्नुअघि शेयर बोर्डमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डको स्वीकृतिपछि कम्तीमा चार दिनदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सकिने व्यवस्था गरिएको छ ।
यसरी आईपीओमार्फत् खरिदबिक्री हुने शेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद शेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ ।  यसरी निष्कासन हुने शेयरमा धितोपत्रको प्रत्याभूतिकर्ता नियुक्त गर्नुपर्ने छैन । यो निर्देशिकाले यसअघि गैर आवासीय नेपालीले लगानी गर्न सक्नेगरी ल्याइएका विभिन्न कानुन अनुसार भइरहेका काममा भने असर नगर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता पाएका नेपालीलाई पुँजी बजारमा आकर्षित गर्न निर्देशिका संशोधन गरेर लगानी खुला गरिएको उल्लेख गरे । यसले  त्यसरी सङ्कलित पुँजी नेपालमा परिचालन गर्न सहयोग पुग्ने  धारणा राखे ।

 

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से करिब साढे ८ अंककले घट्याे

१ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से १४ अंकले घट्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक