काठमाडौं । सहकारी बचतकर्ताहरुले काठमाडौंको फिब्वः ख्यमा विरोध प्रदर्शन गरेका छन्।
सहकारीको बचत फिर्ता माग्दै उनीहरुले बिहीबार दिउँसो विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले महँगी अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा प्रदर्शन भएको हो।
विरोध प्रदर्शन कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकासजी श्रेष्ठ पनि सहभागी भएका थिए।