आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पले आप्रवासीहरुकाे सवालमा कठोर निर्णय लिने आशंका

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासीहरुका लागि वा उनीहरुविरुद्ध के कस्ता निर्णय गर्लान् भनेर आम चासोको विषय बनिरहेको छ।

२० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्न लागेका ट्रम्पले आप्रवासीहरुको सन्दर्भमा पहिलो कार्यकालभन्दा पनि कठोर निर्णयहरु गर्नसक्ने धेरैको आशंका छ ।

विशेषगरी अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई देशनिकाला गर्ने उनले घोषणा गरिसकेका छन् । २०१७ देखि २०२१ सम्म आफ्नो पहिलो कार्यकालमा अधुरो रहेका नीतिहरु दोस्रो कार्यकालमा पूरा गर्ने ट्रम्पले घोषणा गरिसकेका छन् ।

आप्रवासीहरुलाई सीमा क्षेत्रमा रोक्ने

ट्रम्पले सीमा क्षेत्रमा कडाइ गर्ने कुरा पहिलो कार्यकालमा पनि भनेका थिए । यद्यपि कतिपय कदमहरु चाल्न सकिरहेका थिएनन् । यसपटक भने उनले ह्वाइट हाउस प्रवेश गर्नुअघि नै सीमा क्षेत्रमा आप्रवासीहरुलाई रोक्न सेना तैनाथ गर्ने बताएका छन् । आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्ने रुटको अन्तिम बिन्दु मानिएको मेक्सिको सीमा क्षेत्रमा नेसनल गार्ड सैनिकहरुलाई तैनाथ गर्ने उनले घोषणा गरेका छन् ।

साथै मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउने पहिलो कार्यकालकै नीतिलाई यसपटक पूर्णता दिने उनको तयारी छ । यसका लागि ट्रम्पले पर्खाल बनाउन आवश्यक रकम संकलन गर्ने तयारी गरिसकेका छन् । सोमबार ट्रम्पले सोसल मिडियामा स्टाटस लेख्दै यसको संकेत दिएका छन् । जहाँ उनले राष्ट्रिय संकटकाल घोषणा गरेर अवैध रुपमा अमेरिकामा रहेका आप्रवासीहरुलाई बाहिर पठाउन सैन्य साधन प्रयोग गर्ने जनाएका छन् ।

२०१९ मा लागू गरिएको ‘रिमेन इन मेक्सिको’ कार्यक्रमलाई फेरि सुरु गर्ने पनि उनले बताएका छन् । यस कार्यक्रम अन्तर्गत अवैध रुपमा मेक्सिकोबाट अमेरिका छिर्न खोजेका अन्य देशका नागरिकहरु अब मेक्सिकोमै बस्नुपर्ने छ । ट्रम्पले सबै अवैध आप्रवासीहरुलाई हिरासतमा राख्ने पनि योजना बनाएका छन् ।

जो बाइडेनले २०२० मा ट्रम्पलाई पराजित गरेसँगै मानवतावादी र सुव्यवस्थित प्रवासन नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनले अवैध रुपमा सीमा पार गरिरहेका आप्रवासीहरुलाई रोक्नका लागि आफ्नो कार्यकालभर संघर्ष गरिरहे ।

५ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पलले डेमोक्रेट्स उम्मेदवार कमला ह्यारिसलाई पराजित गरे । जहाँ आप्रवासन प्रमुख मुद्दा नै थियो । अनुसन्धानले के देखाएको थियो भने ३९ प्रतिशत मतदाताहरुले अमेरिकामा अवैध रुपमा रहेका अधिकांश प्रवासीहरुलाई जेल चलाउनुपर्ने राय व्यक्त गरेका थिए । जवकि ५६ प्रतिशतले उनीहरुलाई कानुनी हैसियतका लागि आवेदन दिने मौका दिनुपर्ने तर्क गरेका थिए ।

अक्टोबरमा एक निर्वाचन सभामा ट्रम्पले अमेरिकी कंग्रेससँग १० हजार नयाँ बोर्डर पेट्रोलका लागि बजेट माग गर्ने बताएका थिए । उनले बाइडेनले शरणार्थी नीतिलाई उल्ट्याउने भन्दै त्यो सीमा सुरक्षाका लागि अपर्याप्त हुने ट्रम्पको भनाइ थियो ।

ठूलो संख्यामा डिपोर्टेसन

ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गरेको दाबी गरेका छन् । जसमा अपराधहरुमाथि ध्यान केन्द्रित गरिने बताइएको छ ।

साथै यसले लाखौं आप्रवासीहरुलाई उनीहरुको आफ्नै मूल देशमा फिर्ता पठाउने लक्ष्य रहने बताइएको छ । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी इतिहासमै सबैभन्दा धरै आप्रवासीहरुलाई देश निकाला गर्ने वा तिनको मूल देशमा फिर्ता पठाउने काम हुने अपेक्षा गरिएको छ ।

यतिसम्म कि ट्रम्पले तीब्र रुपमा डिपोर्टेसनका लागि नयाँ आप्रवासी हिरासत क्याम्प बनाउने सम्भावनालाई पनि इन्कार गरिरहेका छैनन् । तर उनले यसको त्यति जरुरी नहुने पनि बताएका छन् । यस सन्दर्भमा उनले आप्रवासीहरुलाई गिरफ्तार गर्न र निर्वासित गर्नका लागि नेसनल गार्डको प्रयोग गर्ने घोषणा गरेका छन् । र जरुरी पर्दा सेना प्रयोग गर्न पनि सकिने उनले जनाएका छन् ।

यससँगै उनले केही देशहरु र विचारधारा राख्ने मानिसहरुलाई पनि अमेरिका प्रवेशमा रोक लगाउने बताइन्छ । उनले गाजापट्टी, सिरिया, यमन र यस्तै केही क्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाउने बताएका छन् । जसबाट सुरक्षाका लागि खतरा हुने उनको भनाइ छ ।

यस्तै ट्रम्पले बाइडेनको मानवीय पेरोल योजनालाई समाप्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अवैध आप्रवासीहरुका सन्तानलाई नागरिकता दिने प्रक्रिया पनि खारेज गर्ने छन् । जुन अमेरिकी संविधानको संशोधनको लामो समयदेखि चलिरहेको व्याख्याको विरुद्धमा रहेको जनाइन्छ ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
चीनको निर्यात लगातार घट्याे

चीनमा आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक