बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कांग्रेस–एमालेबीच चुनावी तालमेल र परिणामको संकेत

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

मंसिर १६ मा केही पालिकामा उपनिर्वाचन हुँदै छ । राजनीतिक दलहरु त्यसको तयारीमा लागेका छन् । स्वतन्त्र उम्मेदवारको पनि लहर चलेको छ । यो उपनिर्वाचनले हाम्रा राजनीतिक दलहरुको वास्तविक चरित्र फेरि उजागर गरिदिएको छ । विशेषगरी प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले कसरी आफ्नै प्रतिबद्धतालाई लत्याउँछन्, नेताहरु आफ्नो स्वार्थका लागि कसरी जस्तोसुकै निर्णय गर्छन् भन्ने यो उपनिर्वाचनले छर्लंग पारिदिएको छ ।

उपनिर्वाचनका लागि कांग्रेस र एमालेले केही स्थानमा गठबन्धन गरेका छन् । उम्मेदवारी दर्ता गर्ने क्रममै कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र एक वडाध्यक्षमा एक अर्कालाई सघाउने गरी उम्मेदवारी दिएका हुन् । माओवादी केन्द्रको गढ मानिने रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन । जबकि उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि कांग्रेसको चुनाव चिह्न लिएकी छन् । उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने सहमति अनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो । यो पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दैछन् । वडाध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोगको नीति लिएको हो ।

रुकुमपूर्वका दुई पदमा मात्रै होइन, नेपाली कांग्रेस र एमालेबिच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ । कांग्रेसलाई सहयोग गर्ने मनसायले ओखलढुंगाको जिसस प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नै उठाएन । त्यही कारण ओखलढुंगामा कांग्रेस उम्मेदवार निर्विरोध भइसकेका छन् । उता सुदूरपश्चिमको कैलाली जिसस प्रमुखमा कांग्रेसका टीका चौधरी दुवै दलको साझा उम्मेदवार बनेकी छन् ।
पाठकहरुलाई लाग्ला, कांग्रेस र एमालेबीच गठबन्धन हुनु के नौला कुरा हो र ? विगतमा पनि निर्वाचनपूर्व र पछि दलहरुबीच गठबन्धन भएकै हो ? विभिन्न दलहरु गठबन्धन गरेर चुनावमा गएकै हुन् ? अहिले आपत्ति जनाउनुपर्ने त्यस्तो के छ ? तर, अहिले उपनिर्वाचनमा भएको कांग्रेस र एमालेबीचको यो गठबन्धनलाई भने हामीले गम्भीर रुपमा हेर्नुपर्छ । किनकि हालसालै मात्र यी दुई ठूला दलले गठबन्धन गरेर चुनावमा जाने विषयलाई जनतालाई धोका दिने रुपमा अथ्र्याएका छन् । कांग्रेस र एमालेले आफ्ना पार्टीका बैठकहरुबाट चुनावका लागि गठबन्धन नगर्ने निर्णय नै गरिसकेका छन् । यस्तो अवस्थामा फेरि गठबन्धन हुनु उनीहरु आफ्नो राजनीतिक निर्णय र आस्थामाथि प्रतिबद्ध छैनन् भन्ने स्पष्ट हुन्छ ।

अर्कोतर्फ, कांग्रेस र एमाले एउटै सिद्धान्त वा आदर्श बोकेका दलहरु होइनन् । कांग्रेस दक्षिणपन्थी हो भने एमाले वामपन्थी । त्यसकारण यी दुई दलबीचको गठबन्धन विचार मिलेर नभई स्वार्थ मिलेर हो भन्दा अत्युक्ति हुँदैन । यस्तै, पहिलो र दोस्रो ठूलो दल गठबन्धन र भागबण्डा गरेर चुनावमा सहभागी हुने हो भने त्यो चुनाव रहँदैन । जसरी अहिले राज्यका विभिन्न निकायमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने गरेको छ, त्यसरी भोलि सांसदहरु निर्वाचित हुने खतरा बढेको छ । त्यस्ता प्रतिनिधि जनताका वास्तविक प्रतिनिधि हुनेछैनन् । हेर्दा त, उनीहरु चुनावी प्रक्रियाबाट आएका देखिने छन् । तर उनीहरु जनताभन्दा राजनीतिक दलप्रति बढी बफादार हुनेछन् । अहिलेको उपनिर्वाचनमा पनि यसै गरेर कांग्रेस र एमालेले जनतालाई धोका दिन थालेका छन् । दुई प्रमुख दलको गठबन्धन सोही कारणले निरंकुशतातर्फ र जनताको सर्वोच्चताभन्दा पनि पार्टीको सर्वोच्चतातर्फ उन्मुख छ भन्ने स्पष्ट हुन्छ । अर्कोतर्फ अन्य दलको प्रभाव रहेको क्षेत्रमा पनि यी दलले गठबन्धन गरी हराउने, दुईदलीय व्यवस्थातर्फ देशलाई लैजाने प्रयत्न गरेको देखिन्छ, जुन लोकतान्त्रिक व्यवस्था अवलम्बनका हिसाबले उचित ठहराउन सकिन्न ।
कांग्रेस र एमाले फरफरक नीति, सिद्धान्त, आदर्श र एजेन्डा भएका पार्टी हुन् । वामपन्थी पार्टी एमाले कम्युनिस्ट सिद्धान्त, नीतिमा आधारित छ । दक्षिणपन्थी दल कांग्रेस पुँजीवादी सिद्धान्तको पक्षपोषक हो । त्यसैले यी दुई दलको सहकार्य प्राकृतिक मान्न सकिँदैन । तर, नेपालमा भने राजनीतिक दलको आस्था, सिद्धान्त एकातिर राखेर सत्ता स्वार्थका लागि सहकार्य गर्ने प्रचलन बढ्दो छ । विगत डेढ दशकयता यस्ता अस्वाभाविक राजनीतिक सहकार्य हुँदै आएको छ, जसको परिणाम सुखद देखिँदैन । अहिले पनि सरकारले जनताका लागि खासै काम गर्न सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको आक्रोश बढ्दै गएको छ । यस्तोमा सरकारका नेतृत्व गरेका कांग्रेस र एमाले आफ्नो जिम्मेवारी पूरा गर्न चुक्दै आएका छन् ।

फेरि चुनावतर्फ नै फर्कौं, दुई ठूला दलको गठबन्धन अन्य दललाई निषेध गर्ने नीतिबाट प्रेरित देखिएको छ । यसले चुनावी प्रक्रिया, परिणामलाई नै ठूलो असर पार्ने देखिएको छ । पछिल्लो केही वर्षयता यो नेपाली राजनीतिको नौलो घटना पनि हो । दुई मुख्य प्रतिस्पर्धी दल नै गठबन्धन गर्नुले नेपालीको राजनीतिमा कति असर पार्नेछ, त्यो आगामी दिनमा देखिँदै जानेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक