काठमाडौं । आज निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईले जानकारी दिए । उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।