काठमाडौं, २९ कात्तिक झापा, बिर्तामोड नगरपालिका-३ स्थित आशाम भवन एण्ड लजमा भारत सोनिकपुर घर भएका ५६ वर्षीय राम बहादुर भुजेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१० सक्रहवा बस्ने २७ वर्षीय हरि प्रसाद हरिजन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । चितवन, माडि नगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी, अन्नपूर्ण गाउँपालिका-५ भिरकोट बगरस्थित कालिगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट सप्तरी, २९ कात्तिक हनुमाननगर कंकालिनी नगरपालिका-१ भिट टोल बस्ने ३५ वर्षीय रमानन्द सदाको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।