काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि मंगलबार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गरेको थियो ।