काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ(दीपक मनाङे) पक्राउ परेका छन्।
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसुर ठहर भएका मनाङे मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन्।
उनलाई सानो भर्याङबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको स्रोतले जनाएको छ।
चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ।
उच्च र सर्वोच्चले मनाङेलाई दोषी ठहर गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।