काठमाडौं । काठमाडौं महानगरपालिका-४ बसुन्धारा सृजना टोल बस्ने ६६ वर्षीय मुकुन्द प्रसाद उपाध्यायको घरबाट सुन र चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।