काठमाडौं । सांसद ध्रुवबहादुर प्रधानले अख्तियार दुरुपयोग आयोगले फरेन्सिक प्रयोगशाला बनाउन नहुने भएकाले फरेन्सिक ल्याब आवश्यक नभएको जनाएका छन् ।
सोमबार राज्यव्यवस्था समितिमा अख्तियार विधेयक सम्बन्धमा बोल्दै उनले सो कुरा जनाएका हुन् । उनले भने, ‘अख्तियार दुरुपयोग आयोगले फरेन्सिक प्रयोगशाला बनाउन नहुने भएकाले फरेन्सिक ल्याब अनावश्यक भएकाे जनाए । फरेन्सिक ल्याब अटोनोमस हुन्छ ।’
उनले स–साना ल्याबबाट नतिजा निकालेर चार्ज गरे प्रभाव नकारात्मक हुने समेत जनाए ।