काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ। कालीमाटी तरकारी बजारमा सोमबार काउली किलोमै २० रूपैयाँ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउलीको भाउ प्रतिकिलो १०० देखि १२० रूपैयाँ छ। आइतबार यसको भाउ १२० देखि १४० रूपैयाँ प्रतिकिलो थियो।
बन्दाको भाउ स्थिर रही प्रतिकिलो ४० देखि ५० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ। लाम्चो भन्टा ५ रूपैयाँ महँगिएर सोमबार प्रतिकिलो ३५ देखि ४० रूपैयाँ प्रतिकिलो छ। तने बोडी १० रूपैयाँ महँगिएर प्रतिकिलो १२० देखि १३० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ। त्यस्तै मटरकोशाको भाउ आज प्रतिकिलो १२० देखि १४० रूपैयाँ छ। आइतबार यसको भाउ १०० देखि १२० रूपैयाँ थियो।
रायोको सागको भाउ किलोमा १० रूपैयाँ बढेर सोमबार ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
गोलभेडाको भाउ केही घटेको छ। भारतीय ठूलो गोलभेडा ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ। हिजो यसको भाउ ९० देखि ११० रूपैयाँ प्रतिकिलो थियो।
लोकल सानो गोलभेडाको भाउ ५ रूपैयाँ घटेर ८० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ। टनेलको गोलभेडाको १०५ देखि १३५ रूपैयाँ प्रतिकिलो छ। आलुको भाउ स्थिर रही प्रतिकिलो ७५ देखि ८० रूपैयाँ मूल्य निर्धारण गरिएको छ।