काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए।
पूर्वराजा शाहले आफै गाडी चलाएका थिए। अस्पतालमा पूर्वयुवराज पारस शाह पनि उपस्थित थिए।
अस्पतालले डिस्चार्ज गरेपछि पूर्वबडामहारानी शाह र पूर्वराजारानी एउटा गाडीमा र पूर्वयुवराज पारसलगायत अर्को गाडीमा अस्पतालबाट गएका थिए।