काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन्। इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार अधिकारीले बिदाइ भेट गरेका हुन्।
भेटको क्रममा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र सार्क क्षेत्रीय सहयोगसम्बन्धी विषयमा छलफल भएको इस्लामाबादस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
प्रधानमन्त्री सरिफले इस्लामाबादमा आफ्नो कार्यकालका क्रममा नेपाल-पाकिस्तान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।