काठमाडौं । दैलेखमा यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको छ। शुक्रबार दिउँसो दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सीमानामा दुर्घटनामा परेको हो।
गाडी सडकदेखि तल खसेकाले उद्धारका लागि प्रहरी चौकी रानीमत्ताबाट टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनास्थल अप्ठेरो ठाउँमा भएकोले उद्धारमा केही ढिलाइ भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।