एजेन्सी । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।
वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरुको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको जनाइन् ।
आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् । उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयको लागि बधाई दिएको बताइन् । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनले जनाएकी हुन् ।