काठमाडौं । रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ ।
च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो हो । यस्तै बेलग्रेडविरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक छ । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले मात्र च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरेका छन् । ।
बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमै मोनाकोसँग पराजित भएको बार्सिलोनाले त्यसयता योङ ब्वाइज र बायर्न म्युनिखलाई पनि हराएको थियो ।