एजेन्सी । लेबनानको विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ। इजरायली सेनाले बेका क्षेत्रको ऐतिहासिक शहर बालबेकको बिरूद्ध हवाई कारबाही जारी राख्यो।
यसैबीच हिजबुल्लाहले इजरायलको ८१० औं हर्मोन ब्रिगेडको मुख्यालय माले गोलानी ब्यारेकमा रकेटको ब्यारेजले आक्रमण गरेको र रकेटले धेरै इजरायली शहरहरूमा इजरायली सेनालाई पनि प्रहार गरेको जनाए ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा इजरायल–हिजबुल्लाह द्वन्द्व शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३ पुगेको छ। जबकि घाइतेहरूको संख्या १३ हजार ५५३ पुगेको छ।