आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकाे दाेस्राे जित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकाे दाेस्राे जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको नेपालले बिहीबार दोस्रो जित दर्ता गराएकाे छ ।

नेपालकाे लगातार दोस्रो जितमा कुवेतलाई १०८ रनले पराजित गर्ने सफल भएकाे थियाे । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।

रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक