काठमाडौं । तिहार पर्व अघि घटेर बन्द भएको शेयर बजार तिहार बिदा पछि पनि उचालिन सकेन ।
आज मंगलबार बजार स्थिर रहेको हो ।
तिहार बिदा शुरु हुनु एक दिन अघि गत कात्तिक १४ गते १४.४३ अंकले घटेको बजार आज कात्तिक २० गते ०.२१ अंकले तल झरेको छ । बजार तल झरेर आज नेप्से २६७७.४० अंकमा ओर्लिएको छ ।
समग्रमा बजार स्थिर रहे पनि फाइनान्स, होटल, हाइड्रो, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहमा हरियाली छायो भने बाँकी राताम्मे भएका छन् ।